काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्ति सक्रिय रहेको दाबी गरेका छन्।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन्।

ADVERTISEMENT

ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको नामै लिएर मौन अवधिमा नेपालबारे झुटा कुरा सम्प्रेषण गर्दै जनतालाई अलमल्याएर निर्वाचनमार्फत गलत बाटोतिर धकेल्ने प्रयास भएको दाबी गरे।

ADVERTISEMENT

यस्तै, उनले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई ‘षड्यन्त्रपूर्ण उपद्रव’ को संज्ञा दिए। संविधान र लोकतान्त्रिक विधि–प्रक्रियालाई तोड्न उक्त आन्दोलन आयोजना गरिएको उनको दाबी थियो।

उक्त घटनामा को–को संलग्न थिए भन्ने कुरा बिस्तारै खुल्दै गएको पनि ओलीले बताए। उनले यसबारे विभिन्न व्यक्ति र माध्यमबाट कुरा बाहिर आइरहेको दाबी गरे।

ADVERTISEMENT