काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपीडितका लागि सरकारी कोषमा रकम तथा राहत जम्मा भए पनि प्रभावित नागरिकसम्म राहत पुग्न नसकेको आरोप लगाएका छन्।

सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेश कमिटीले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले बाढी प्रभावित रसुवाका नागरिक अझै भोकै बस्नुपर्ने अवस्था रहेको बताएका हुन्।

ADVERTISEMENT

एमालेले राहत संकलन तथा वितरणमा सरकारको मात्र भर नपरी सम्बन्धित सबै पक्षसँग समन्वय गरेर अघि बढ्न चाहेको ओलीले बताए।

ADVERTISEMENT

‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’

ओलीले विपद्को समयमा राहत रकम संकलन भएर मात्र नहुने भन्दै वास्तविक प्रभावितसम्म समयमै राहत पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

ADVERTISEMENT