रसुवा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।

असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको नेपाली सेनाले जनाएको छ।

ADVERTISEMENT

बाढीका कारण आयोजनास्थलबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।

ADVERTISEMENT