काठमाडौँ । नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदल सदस्य एवं एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा कार्यदलले तयार पारेका प्रतिवेदनमाथि छलफल हुनेछ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा कार्यदल संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शङ्कर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए।
बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी आवश्यक विषय समेटेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको थियो। सोही विषयलाई निरन्तरता दिँदै आजको बैठकमा प्रतिवेदनमाथि थप छलफल हुने बताइएको छ।





