काठमाडौं । ऋषिपञ्चमी पर्वका अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा बिहानैदेखि व्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। विशेषगरी महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिर पुगेका छन्।

ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने चलन रहेको छ।

ADVERTISEMENT

यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गरिन्छ।

ADVERTISEMENT

कतिपय स्थानमा ऋषिपञ्चमीका दिन ३६५ वटा दतिवनले दाँत माझ्ने, माटो तथा गोबरले स्नान गर्ने र विशेष विधिबाट सप्तऋषिको पूजा गर्ने धार्मिक परम्परा पनि रहेको छ।

ADVERTISEMENT