काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीहरूले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका हुन्। सहयोग रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

ADVERTISEMENT

यससँगै कम्पनीले रसुवा, नुवाकोट र धादिङका बाढीबाट अति प्रभावित क्षेत्र तथा आश्रयस्थलमा रहेका पीडितका लागि ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउसमेत वितरण गरेको जनाएको छ।

ADVERTISEMENT

बाढी प्रभावितलाई अत्यावश्यक खाद्य सामग्रीका रूपमा चाउचाउ पठाइएको र सम्बन्धित निकाय तथा प्रभावित नागरिकमार्फत प्रत्यक्ष वितरण गरिएको कम्पनीले जनाएको छ। आवश्यक परे थप राहत सामग्री उपलब्ध गराउनसमेत तयार रहेको कम्पनीको भनाइ छ।

कम्पनीले विपद्को समयमा प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा अन्य आवश्यक सहयोगका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।