काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीले ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बीवाइडी र नेपालमा यसको आधिकारिक विक्रेता साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।

ADVERTISEMENT

पछिल्लो समय आएको भीषण बाढी तथा डुबानबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट सहयोग घोषणा गर्ने क्रम बढेको छ।

ADVERTISEMENT

बीवाइडी र साइमेक्सको उक्त सहयोग विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनाका कार्यमा उपयोग हुने जनाइएको छ।

 

ADVERTISEMENT