काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

भदौ १८ गते बसेको सञ्चालक समितिको ३५१ औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी रु.६,०२,१३,४८,३६७।२२ को २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

ADVERTISEMENT

बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

ADVERTISEMENT

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।

हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पूँजी रहेकोमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ ।

ADVERTISEMENT

काठमाडौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएम सहित ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।