काठमाडौं। एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसासँग ‘भिसा डाइरेक्ट टू अकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ।
भिसाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको छ। सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प पाउने बैंकले जनाएको छ।
यो सेवामार्फत ग्राहकले झन्झटविना सुरक्षित र भरपर्दो रूपमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सक्ने अपेक्षा गरिएको छ।
एनएमबि बैंकले हाल देशभर १९७ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।








