काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रसुवालगायत देशका विभिन्न स्थानमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, कम्पनीका सञ्चालक समिति तथा कर्मचारीको तर्फबाट थप २१ लाख रुपैयाँ सहयोग गरिने जनाएको छ।

ADVERTISEMENT

यसरी कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि कुल ७२ लाख रुपैयाँ सहयोग गर्ने भएको हो।

ADVERTISEMENT

कम्पनीले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गरेको छ।

सानिमा रिलायन्स लाइफले विपद्को समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

ADVERTISEMENT