काठमाडौं । रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत दिएको जानकारी अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा भएको हो ।

ADVERTISEMENT

प्रधानमन्त्री राहत कोषमा आज दिउँसोसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले लेखेका छन् ।

ADVERTISEMENT

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । जुन नेपाल राष्ट्रबैंकको सोमबारको विनिमय दर अनुसार करिब ४८ करोड ६३ लाख ६२ हजार ८० नेपाली रुपैयाँ हुन आउँछ ।

दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ । प्रधानमन्त्री शाहले थप कतिपय देश तथा संघसंस्थारूले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।

ADVERTISEMENT

यस्तै, नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । जसमा सहयोग आउने क्रम बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको उनले बताएका छन् ।