काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कम्तिमा १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सदस्यहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा भोटेकोसी बाढीले निम्त्याएको विपद् र त्यसपछिको राहत उद्धार र पुनर्स्थापनाबारे लामो मन्तव्य राखेका दाहालले सांसदहरूलाई आआफ्नो अनुकुलतामा रकम जम्मा गर्न आग्रह गरे ।

ADVERTISEMENT

उनले सरकारले तीनै तहका सरकार र नागरिक सांस्थाहरूको समन्वयमा उद्धार राहत र पुनर्स्थापनालाई एकीकृत रूपमा अघि बढाउन आग्रह गरे ।

ADVERTISEMENT