काठमाडौं । राष्ट्रिय सभाका चार समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को उपनियम (२) बमोजिम नवनिर्वाचित सभापतिहरुलाई शपथ गराएका छन् ।

ADVERTISEMENT

चैत २४ भएको समिति सभापतिको निर्वाचनमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्विरोध भएका थिए ।

ADVERTISEMENT