काठमाडौँ । राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन्

ADVERTISEMENT

शुक्रबारको बैठकमा पूर्वउपप्रधनमन्त्री तथा सांसद गोपालमान श्रेष्ठको निधनमा सभाले शोक प्रस्ताव पारित गरेको छ ।  त्यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सभामा सदस्यहरूले सोधेका प्रश्नको उत्तर दिएका थिए ।