काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ थियो।

ADVERTISEMENT

चालु आवको असोज मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ। खुद शुल्क तथा कमिसन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

लाभांश क्षमता १५.७६ प्रतिशत

बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत छ। बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको सोही अवधिमा निक्षेप ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ र कर्जा ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ थियो। यस अवधिमा निक्षेप २.६० प्रतिशत र कर्जा लगानी ३.९५ प्रतिशतले बढेको छ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसाबाट बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ।

बैंकले खराब कर्जा अनुपातसमेत घटाएको छ। गत वर्षको असोजमा ४.४१ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ३.९३ प्रतिशतमा झरेको छ।

खराब कर्जा घटेसँगै सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइएको इम्पेरिमेन्ट चार्ज पनि कम भएको छ। गत वर्षको पहिलो त्रैमासमा ११ करोड ६ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको सोही अवधिमा घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।