काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६२ अंकले बढेर बजार २७८८.३६ बिन्दुमा पुगेको छ।

निरन्तर ओरालो लागेको सेयर बजारमा बिहीबार भने ब्रेक लागेको छ । गएको दुई सातामा १३२.२७ अंकले घटेको सेयर बजार यो साता समग्रमा ६२ अंकले घटेको छ। गएको तीन सातामा बजार १९४.२७ अंकले घटेको छ ।

बिहीबार १०८ कम्पनीको सेयर मूल्य बढेको बजारमा सात अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। ३२० कम्पनीको सेयर कारोबार भएकामा एक सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ । आज एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन बुधबार एक करोड ४६ लाख कित्ता सेयर किनबेच भएको थियो ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ४७ करोडको कारोबार भएको छ । यस्तै, एनआरएन इन्फ्रास्टक्चको ४१ करोड, बलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जाको २२–२२ करोडको कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको १० प्रतिशत सेयर मूल्य बढेको छ ।