काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २६ सय मुनि झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १९.१३ अंक घटेको हो । यो कमीसँगै नेप्से परिसूचक २५९९ अंकमा कायम भएको छ ।

अघिल्लो दिन नेप्से १०.६७ अंक घटेको थियो । आज कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ अर्ब २३ करोडको भयो ।

४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । २ को मूल्य स्थिर रह्यो । सबै समूहगत सूचक झरेका छन् । जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा १.१२ प्रतिशत घट्यो । अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।

ADVERTISEMENT

बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटे ।

ADVERTISEMENT

समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ६८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३० करोड, उत्पादन तथा प्रशोधन ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

ADVERTISEMENT

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै धौलागिरि लघुवित्तको ११.९८, सीवाईसी लघुवित्तको ९.१४, सयपत्री हाइड्रोपावरको ६.२७, हाथवे इन्भेस्टमेन्टको ३.३३, खानीखोला हाइड्रोपावरको ३.३३ प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ९.८३, विन नेपाल लघुवित्तको ८.६७ तथा माउन्ट एभरेस्ट पावरको ७.७६ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक, सानिमा मिडिल तमोर छन् ।