काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यसैगरी, दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा दुई देशसँगको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

ADVERTISEMENT

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्री शाहले भेटवार्ता गर्न अस्वीकार गरेका थिए।