काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समस्या, चुनौती र तिनको समाधानका उपायबारे छलफल हुने कार्यक्रम रहेको छ।
ऊर्जा क्षेत्रका एक व्यवसायीका अनुसार प्रधानमन्त्रीले ऊर्जा उद्यमीहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्। भेटवार्तामा विद्युत् उत्पादन, लगानी, प्रसारण, नीतिगत सुधार तथा ऊर्जा क्षेत्रमा देखिएका समसामयिक समस्याबारे उद्यमीहरूले आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।
यसअघि प्रधानमन्त्रीले बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेका थिए । उनले बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल गरेका थिए ।








