न्यूयोर्क – संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन् ।

नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५:०० बजेदेखि ६:०० बजेको बीचमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वक्ताहरूको निर्धारित क्रम अनुसार यो समय केही अगाडि वा पछाडि हुन सक्ने जानकारी दिइएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले गर्ने सम्बोधनको प्रत्यक्ष प्रसारण यूएन वेब टीभीमार्फत हेर्न सकिने छ । राष्ट्रसंघको यस मञ्चबाट नेपालले मुख्यगरी जलवायु न्यायको मुद्दालाई प्राथमिकताका साथ राख्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT