काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा झरेको छ ।
सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ ।
जसमध्ये सबैभन्दा धेरै शिवम् सिमेन्टको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड, साहस उर्जाको ३६ करोड र बुटवल पावर कम्पनीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।







