काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ।
बैठकमा चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल गरिनेछ।
यस्तै, आगामी पार्टी अभियान तथा कार्यक्रम सञ्चालनसम्बन्धी एजेन्डामाथि पनि बैठकमा विस्तृत छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।







