बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा भारी मतान्तरसहित विजयी भएका छन्।

३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उक्त क्षेत्रमा थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीभन्दा ५० हजार ३८९ मतले जित हासिल गरेका हुन्।

ADVERTISEMENT

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशिल गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत पाएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।

निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २३२ मत खसेको थियो।

ADVERTISEMENT