काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी सोमबारका लागि तोकिएको छ।

रविले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा साउन १९ गते निवेदन दिएका थिए। उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ।

ADVERTISEMENT

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका रविले बिगोवापतको दुई करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन्।

ADVERTISEMENT

सहकारी ठगीमा उम्किने कुनै ठाउँ नभएपछि रविले नमागेको बिगोबापतको रकम बुझाएका थिए । जसले गर्दा उनले सहकारी ठगी गरेको कसुर स्वीकार गरेको धेरैको भनाइ छ । त्यसैले अदालतले यसलाई एउटा प्रमाणका रूपमा लिन सक्ने कानुन व्यवसायीहरू बताउँछन् ।

यदि आजको पेसी आफू अनुकूलको इजलासमा नपरेमा रवि पक्षले स्थगित गराउने सम्भावना धेरै छ । किनभने रविलाई छुटाउन रास्वपाले आफू अनुकूलको इजलासका लागि १५ करोडको डिल गरेको चर्चा छ । रास्वपाकै विभिन्न नेताहरूको पछिल्लो अभिव्यक्तिले त्यसलाई पुष्टि पनि गरेको छ । आफू अनुकूलको इजलासमा पेसी परेपछि यसअघि नै दुईपटक रवि पक्षले पेसी स्थगित गराइसकेको छ ।

ADVERTISEMENT

रविले नमागेको बिगोबापतको रकम बुझाउँदै आफूलाई थुनामुक्तिको मागसहित अदालतमा निवेदन दिएयता रास्वपा मौन छ । रास्वपाले रविलाई राज्यले प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । र, रविको पक्षमा हस्ताक्षर अभियान र चन्दा संकलनसमेत गरिरहेको छ । अदालतले सुनाएको आदेश पनि सरकारकै दबाब भएको भन्दै आएको रास्वपालाई रविले अदालतको आदेश स्वीकार्दै बिगोबापत धरौटी बुझाएपछि कसरी फेस गर्ने भन्ने चुनौती थपिएको छ ।