काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेतृत्व तहमा बृहत् छलफल र संवाद भइरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य नेताहरूबीच सबैको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सकारात्मक पहल भइरहेको जानकारी दिए।

ADVERTISEMENT

शर्माले १५औँ महाधिवेशनमा पार्टीका सबै सदस्य सहभागी हुने वातावरण निर्माण गर्ने उद्देश्यका साथ नेतृत्व तहमा निरन्तर संवाद भइरहेको उल्लेख गर्दै ती छलफल सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

उनले पार्टीभित्रको आन्तरिक जीवन र एकतालाई सुदृढ बनाउन भइरहेको प्रयासबारे सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै नेतृत्वबीच समझदारी कायम गर्ने दिशामा काम भइरहेको बताए।

ADVERTISEMENT