काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँग छलफल गर्ने भएको छ।

समितिले आज बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ। प्रस्तावित चार न्यायाधीशविरुद्ध कुल १३ वटा उजुरी परेका छन्।

ADVERTISEMENT

समितिको बिहीबार बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो।

ADVERTISEMENT

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उनीहरूको नाम सिफारिस गरेको हो। संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।