काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा कायम भएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ।
राष्ट्र बैङ्कका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटबाट हेर्न सकिनेछ।










