काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा चार सय रुपैयाँले बढेको छ । चाँदी भने तोलामा ९० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ ।

ADVERTISEMENT

बुधबार एक तोला सुन दुई लाख ८४ हजार आठ सय र चाँदी चार हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT