काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। एकै दिन तोलामा एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तालाको दुई लाख १४ हजार सात सय रुपैयाँ थियो ।अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

सुनको मूल्य बढेपनि जेनजीले गरेको आन्दोलनका कारण तीन दिनदेखि सुनचाँदी पसल बन्द रहेका छन । पसल बन्द हुुँदा कारोबार भने हुन नसकेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य एकैदिन ५० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।