काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड राखेको थियो ।

मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० र चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो ।

गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।