काठमाडौं । स्थानीय  बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस अघि सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

एक महिनादेखि सुनको मूल्य बढ्दा त्यसको असर आम उपभोक्तालाई परेको । मूल्य बढेपछि बजारमा माग कम भई कारोबारमा समेत कमी हुने व्यवसायीको भनाई छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै २ हजार ६ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।