काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहिबार घट्दै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको हो । अन्तरािष्ट्रय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर दुुर्य हजार २७० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।






