काठमाडौँ । नेपाल आयल निगमको बरमहलस्थित सिंहदरबार दक्षिण गेटसँगै अत्याधुनिक र सुविधासम्पन्न कर्पोरेट भवन निर्माण भएको छ ।
२०७२ वैशाखमा आएको भूकम्पले कार्यालय भवन चर्किएपछि निगमले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन बनाएको हो ।
निगमका उपनिर्देशक तथा कर्पोरेट भवन निर्माण परियोजना प्रमुख रामकृष्ण बञ्जाराका अनुसार २०७८ मंसिर १९ बाट यसको निर्माण सुरु भएको थियो ।
३० महिनाको समय रहेकोमा केही समय थप गरेर सम्पूर्ण काम सकिएको उनले बताए ।

default
उनका अनुसार नयाँ भवनमा विभिन्न विभागहरु सरिसकेका छन् । केसी समानान्तर रेलिगेयर जेभीले भवन बनाएको हो । लिड पार्टनर भने समानान्तर निर्माण सेवा रहेको छ । भवन निर्माणको लागत भ्याट र पीएसबाहेक ८१ करोड रहेको छ ।









