काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले बुुधबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल÷मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार अब बजारमा पेट्रोल प्रतिलिटरमा १६० रुपैयाँ र डिजेल÷मट्टितेल १४८ रुपैयाँ पुुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले मंगलबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल÷मट्टितेलमा एक रुपैयाँले ३० पैसा घटेर आएको थियो ।
सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र र घट्दा घट्नेगर्छ ।







