काठमाडौं । गणेश नेपालीको मृत्यु भएपछि राजधानीमा प्रदर्शन सुरु भएको छ । युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

हत्यारा सरकार भन्दै युवा सडकमा उत्रिएका छन् । माइतीघरबाट वीर हस्पिटल जाँदै गर्दा उनीहरूलाई भद्रकालीमा ब्यारिकेड लगाएर रोकिएको छ ।

‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् । गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरूले घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

ADVERTISEMENT

राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावादलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको थियो ।

ADVERTISEMENT

गणेश नेपालीको शव आफन्तले बुझ्न इन्कार गरेका छन् । उनका आफन्तले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलनको तयारी गरिरहेका छन् ।

ADVERTISEMENT