काठमाडौं । काठमाडौंमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

ADVERTISEMENT

पीडित परिवार र सरकारबीच आइतबार ९ बुँदे सहमति भएपछि नेपालीको शव अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो।

ADVERTISEMENT

गणेश नेपालीको आत्मदाहको घटनाले राहदानी सेवासहित सार्वजनिक सेवा प्रवाहको विषयमा व्यापक बहससमेत सिर्जना गरेको छ।