काठमाडौं । गणेश नेपालीको मृत्युबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबारको प्रतिनिधिसभा बैठकमा डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिए ।
त्रिपुरेश्वरमा बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गर्दा असन्तुष्ट बनेका उनले आत्मदाह गरेका थिए। गृहमन्त्री गुरुङले नगर प्रहरीका तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी पनि दिए ।




