काठमाडौं । मुगुको सोरु गाउँपालिकाका गणेश नेपाली आत्मदाह प्रकरणमा प्रहरीले तीनजना काठमाडौं नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

मुगुको सोरु गाउँपालिका– १ निवासी २५ वर्षीय नेपालीले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको केहीबेरअघि उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।

दुबई जान राहदानी बनाउने चक्करमा राहदानी विभाग पुगेका नेपाली ‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका थिए । उनको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका थिए । प्रहरीले ह्विल लक लगाउँदै एक हजार जरिवाना तोकेको र त्यो तिर्न नसक्ने भन्दै हिँडेका नेपालीले लगत्तै आत्महत्या प्रयास गरेका थिए ।

ADVERTISEMENT