काठमाडौं — आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै शनिबार वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ।
आफन्त, साथीभाइ तथा समर्थकहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरूका साथै फिल्म निर्देशक मिनभान बानको पनि सहभागिता रहेको थियो।
शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोजेपछि केहीबेर तनाव उत्पन्न भएको थियो। त्यसक्रममा प्रदर्शनकारी र नेपाल प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।




