काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला २७ सय रुपैयाँ र चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT