काठमाडौँ । कुमारी बैंकले आफ्नो चौथो त्रैमासिक वित्तीय प्रतिवेदन २०८१/८२ सार्वजनिक गरेको छ। यो प्रतिवेदनले बैंकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको देखाउँछ। गत वर्षको तुलनामा यो त्रैमासमा विभिन्न वित्तीय सूचकहरूमा सकारात्मक प्रगति देखिएको छ। बैंकको खुद नाफा, सञ्चालन नाफा, र पूँजी पर्याप्तता अनुपातमा भएको सुधारले यसको सञ्चालन दक्षता र वित्तीय स्थायित्वमा प्रगति भएको संकेत गर्छ। तल बैंकको प्रमुख वित्तीय तथ्यांकको विश्लेषण प्रस्तुत गरिएको छ।

बैंकको चुक्ता पूँजी रु. २६ अर्ब २२ करोड ५८ लाख रहेको छ, जसमा कुनै परिवर्तन आएको देखिदैन।  बैंकको खुद नाफा गत वर्षको रु. ४६ लाख बाट उल्लेखनीय रूपमा वृद्धि भई रु. २अर्ब ११ करोड ६४ लाख पुगेको छ, जुन ४५,८२२ प्रतिशतले  वृद्धि भएको देखिन्छ । यो वृद्धिले बैंकको व्यवसाय विस्तार र सञ्चालन दक्षतामा सुधार भएको देखाउँछ। त्यसैगरि बैंकको संचित घाटा रु. ५३६ करोड ७४ लाख बाट घटेर रु. २७९ करोड ४० लाखमा आएको छ। यो तथ्यांकले बैंक वित्तीय स्थायित्वतर्फ अघि बढिरहेको संकेत गर्दछ । 

ADVERTISEMENT

बैंकको निक्षेप ९.४६% ले वृद्धि भई रु. ३६४ अर्ब ६३ करोड ९१ लाख पुगेको छ, जुन गत वर्ष रु. ३३३ अर्ब ११ करोड १३ लाख । यो वृद्धिले बैंकप्रति ग्राहकको विश्वास थप  बढेको देखिन्छ तर, ग्राहकहरूलाई प्रदान गरिएको कर्जा रु. २६० अर्ब ९४ करोड रहेको छ, जुन गत वर्षको तुलनामा २.७९% ले घटेको छ। यो कमीले कर्जा व्यवस्थापनमा थप सावधानी अपनाइएको संकेत गर्छ। 

खुद ब्याज आय ६.९५% ले वृद्धि भई रु. ११ अर्ब ५५ करोड ४३ लाख पुगेको छ, जुन गत वर्ष रु. १० अर्ब ८० करोड ३३ लाख थियो। सञ्चालन नाफा ५२९.८७% ले वृद्धि भई रु. ६अर्ब १३ करोड ४४ लाख पुगेको छ, जुन गत वर्ष रु. ९७ करोड ३९ लाख थियो। बैंकको गुडविलमा भएको वृद्धिले इम्पेरमेन्ट शुल्क रु. २७९ करोड ६२ लाख मा झरेको छ यसले  इम्पेरमेन्ट खर्चमा ५९.१३% उल्लेखनीय कमी आएको देखिन्छ जसले कर्जा जोखिम व्यवस्थापनमा राम्रो सुधार भएको देखाउँछ।

ADVERTISEMENT

बैंकको प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। वार्षिक प्रति शेयर आम्दानी (EPS) रु. ०.०२ बाट वृद्धि भई रु. ८.०७ पुगेको छ। प्रति शेयर नेट वोर्थ  ७.१४% ले वृद्धि भई रु. १४२.१९ पुगेको छ। पूँजी पर्याप्तता अनुपात ११.४२% बाट १३.६६% ले वृद्धि भई १२.९८% पुगेको छ, जुन नेपाल राष्ट्र बैंकको  मापदण्डभन्दा माथि छ। यसैगरि , कोषको लागत  २९.६७% ले घटेर ४.७४% मा आएको छ, जसले कोष व्यवस्थापनमा बैंकको दक्षता बढेको देखिन्छ। 

समग्रमा, कुमारी बैंकको यो त्रैमासिक प्रतिवेदनले वित्तीय स्वास्थ्यमा उल्लेखनीय सुधार भएको देखाउँछ। खुद नाफा र सञ्चालन नाफामा भएको वृद्धि, कोषको लागतमा आएको कमी, र पूँजी पर्याप्तता अनुपातमा भएको सुधारले बैंक सकारात्मक दिशातर्फको उन्मुखरहेको संकेत गर्छ।