काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं २ टंगालमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्ड कानून बमोजिम मा बैंकले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने बैंकले एक सूचामार्फत जानकारी दिएको छ ।







