काठमाडौं । कुमारी बैंकले निवर्तमान कुमारी तृष्णा शाक्यलाई साढे सात लाख रुपैयाँ बराबरको छात्रवृत्ति रकम प्रदान गरेको छ ।
बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि छात्रवृत्ति दिँदै आएको छ । बैंकले एक लाख रुपैयाँको छात्रवृत्ति कोष खडा गरी रकम जम्मा गराउँदै आएको छ ।
बैंकले कोषमा जम्मा भएको कुल सात लाख ३८ हजार ८११ रुपैयाँ निवर्तमान कुमारी तृष्णा शाक्यलाई शैक्षिक छात्रवृत्तिका रूपमा हस्तान्तरण गरेको हो ।
छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात् उनको आगामी शैक्षिक यात्रामा सहयोग पु¥याउनु रहेको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।







