काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । आइतबार र सोमबार लगातार घटेको सुनचाँदीकै मूल्य मंगलबार थप घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँ घटेर दुई लाख ८८ हजार रुपैयाँमा झरेको छ। सोमबार सुन तोलामा नौ सय रुपैयाँ घटेको थियो।
चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर ४५ सय ५५ रुपैयाँमा झरेको छ।
गत माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।










