काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलो र ड्यान एनडोएले एक–एक गोल गरे। खेलको १०औँ मिनेटमा एम्बोलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफ सुरु भएको एक मिनेटमै अर्थात् ४६औँ मिनेटमा ड्यान एनडोएले अर्को गोल थप्दै स्विट्जरल्याण्डको अग्रता दोब्बर बनाए।

ADVERTISEMENT

सन् १९७५ यता नकआउट चरणमा स्विट्जरल्याण्डले दुई गोल गरेको यो पहिलो पटक हो।

ADVERTISEMENT

यस जितसँगै स्विट्जरल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बिया र घानाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

ADVERTISEMENT