काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा जारी मेक्सिको र चेक रिपब्लिकबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
निर्धारित ४५ मिनेट र थप गरिएको ४ मिनेटको समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ ०–० को बराबरीमा टुंगिएको हो।
यस खेलअघि नै मेक्सिको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यता चेक रिपब्लिक भने अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न जितको खोजीमा रहेको छ।
दोस्रो हाफमा दुवै टोली आक्रामक खेल प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंकका लागि संघर्षरत छन्।






