काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको बन्दसत्र दिउँसो २ बज्दा पनि सुरु हुन सकेको छैन । सोमबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने भनिएको थियो ।

महाधिवेशनका प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा बन्दसत्र सुरु हुन नसकेको हो । प्रतिनिधिहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ । बन्दसत्रको मुख्य हलमा प्रवेश दिइएको छैन । दिउँसो २ बजेसम्म अन्तिम नामावली सार्वजनिक भएको छैन । प्रारम्भिक नामावलीमा नाम सच्याइको छ ।

ADVERTISEMENT

रास्वपाको महाधिवेशनमा विद्युतीय भोटिङ हुँदै छ । मंगलबार हुने भनेको भोटिङमा राम-लक्ष्मण भोटिङ मेसिन प्रयोग गरिनेछ ।

ADVERTISEMENT

निर्वाचनका लागि राम-लक्ष्मण भोटिङ मेसिन २५ लाख तिरेर ल्याइएको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘उहाँहरूले भोटिङ मेसिनका लागि प्रतिनिधिको नामावली कुरिरहनुभएको छ,’ सोमबार पत्रकारहरूसँग झाले भने ।

विदेशमा रहेका प्रतिनिधिलाई आई-भोटिङको प्रवन्ध गरिएको छ । १६३ प्रतिनिधि प्रवासमा रहेका उनले बताए । झाले आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका छन् । महाधिवेशनस्थलमा पत्रकारसँग उनले महामन्त्रीमा उमेदवारी दिने बताएका छन् ।

ADVERTISEMENT