काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ (आफ्टर द फाइनल म्याच) को ट्रेलर सार्वजनिक गरिएको छ ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो । चलचित्र कार्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन् ।










