काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाली सेना नै खटिएको छ । चितवनको भरतपुर महानगरपालिका–१० मा आइतबार उद्घाटन हुन गइरहेको महाधिवेशनको सुरक्षा अवस्थाबारे सैनिक टोलीले जाँच गरेको थियो ।

नेपाली सेनाका जवानले उद्घाटनस्थलमा शंकास्पद विस्फोटक पदार्थ र हतियार छ छैन भनेर स्क्यानरले जाँच गरिएको थियो । प्रधानमन्त्री बालेन्द्र शाह बालेन रास्वपा महाधिवेशनमा सहभागी हुने भएपछि सैनिक टोली नै सुरक्षामा खटिएको हो । बालेनले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत आफैंले सम्हालेका छन् ।

ADVERTISEMENT

कुनै पनि पार्टीको महाधिवेशनमा सेना परिचालन गरिएको यो पहिलोपटक हो । रास्वपाको महाधिवेशनमा चारवटै सुरक्षा निकाय खटिएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की स्वयं आफैं रास्वपा महाधिवेशनस्थल पुगेका छन् ।

गृहमन्त्री सुधन गुरुङ पनि रास्वपाको महाधिवेशनमा सहभागी हुने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व नै भरतपुरमा उपस्थित भएको छ । यसलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । कुनै पनि राजनीतिक दलको महाधिवेशनमा राज्यका चारवटै सुरक्षा निकाय परिचालन हुनुलाई राम्रो मानिएको छैन ।

ADVERTISEMENT