काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा चर्चित सेफ सन्तोष साहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रमानन्द चोकबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको आरोपमा सकुन्तला अधिकारी (थापा) ले सेफ साहविरुद्ध बैंकिङ कसुर मुद्दा दायर गरेकी थिइन्।
उक्त मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अर्का व्यक्ति सिराहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडी रहेका छन्। दुवै जनामाथि बैंकिङ कसुर सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








